युरो २०२४ : क्वार्टरफाइनलमा पोर्चुगल र फ्रान्सको भिडन्त पक्का

हिमाल प्रेस १८ असार २०८१ ७:२७
18
SHARES
युरो २०२४ : क्वार्टरफाइनलमा पोर्चुगल र फ्रान्सको भिडन्त पक्का

काठमाडौँ- युरो २०२४ को क्वार्टरफाइनलमा पोर्चुगल र फ्रान्सको भिडन्त पक्का बनेको छ।

गए राति पोर्चुगलले स्लोभाकियाले हराउँदा फ्रान्सले बेल्जियमलाई पराजित गरेको थियो। स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पेनाल्टी सुटआउटमा पोर्चुगल ३-० गोलले विजयी बन्यो। यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो।

तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके । एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले रोनाल्डोको प्रहार बचाऊ गर्न सफल भए। यता फ्रान्सले बेल्जियमलाई १-० गोलले हराएको हो। आत्मघाती गोल निर्णायक बन्यो। खेलको ८५ औँ मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स विजयी बन्यो।

प्रकाशित: १८ असार २०८१ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =