कांग्रेस–एमाले सहकार्य : पहिले ओली प्रधानमन्त्री, दोस्रो चरणमा देउवा

४ पटक विश्वासको मत लिएका प्रचण्ड अल्पमतमा पर्ने निश्चित

हिमाल प्रेस १८ असार २०८१ ६:५२
92
SHARES
कांग्रेस–एमाले सहकार्य : पहिले ओली प्रधानमन्त्री, दोस्रो चरणमा देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- मध्यरातको दौडधुपले अन्ततः वर्तमान सरकार ढल्ने निश्चित भएको छ। कांग्रेस-एमाले मिलानसँगै अब पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार अल्पमतमा पर्ने निश्चित भएको छ।

कांग्रेस–एमालेको समझदारीमा पहिलो चरणमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन्। ओली निवास बालकोट स्रोतका अनुसार उनले डेढ वर्ष सरकार चलाउने छन्। ‘राष्ट्रिय सहमतिका लागि एमाले-कांग्रेस मिल्नुपर्ने देखियो।’ बालकोट स्रोतले भन्यो। त्यसपछि डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्रोतले जनाएको छ।

यसका अलावा दुई दलबीच साना दललाई पनि साथै लैजाने सहमति छ। दुई दलले अहिले संविधान संशोधनका लागि गठबन्धन गर्ने जनाएका छन्। यद्यपि, दुई ठूला दल मात्र रहदा दुई तिहाइ पुग्दैन। उनीहरूले साना दललाई समेत समेटेर सरकार निर्माण गर्ने सहमति भएको छ। दुई दलबीच भएका यस्ता छन्, साझेदारी बुँदाहरू :

–एमालेको भागमा प्रधानमन्त्री र अर्थमन्त्रीसहित १० मन्त्रालय र कांग्रेसको भागमा गृहमन्त्रीको नेतृत्वमा ११ मन्त्रालय

–दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरु सरकारमा ल्याउने सहमति

–एमालेले कोशी, लुम्बिनी र कर्णाली पाउने छ

–कांग्रेसले बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेश प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।

–दुई दल संविधान संशोधन गरेर निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएका छन्। पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाउने तयारी छ ।

प्रकाशित: १८ असार २०८१ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast