स्व.दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार रायन घिमिरेलाई

हिमाल प्रेस १७ असार २०८१ १७:३१
104
SHARES
स्व.दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार रायन घिमिरेलाई रायन घिमिरे
काठमाडौँ- सशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार’ किर्तिपुर स्थित नेपाल एपीएफ स्कुलको कक्षा ८ मा अध्ययरत छात्र रायन घिमिरेलाई प्रदान गरिएको छ।
असार १७ गते सोमबार सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सवको अवसर पारेर संघकी उपाध्यक्ष साबित्रा कुमारी जैसिले घिमिरेलाई  पुरस्कार प्रदान गरेकी हुन्। यसअघिका वर्षहरूमा सो  पुरस्कार नेपाल एपीएफ स्कुल कीर्तिपुरका छात्रहरू आशिष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो।
स्व.पाठकको स्मृतिमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीहरूद्धारा सामूहिक रुपमा २०७३ सालमा  अक्षयकोष स्थापना गरिएको थियो। कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुनेछात्र तथा छात्रालाई प्रदान गरिँदै आएको सोहि ब्याचका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्व.पाठकले  ‘पंक्षी र निन्द्रा लाग्दैन’  गरि दुईवटा एल्बम बजारमा ल्याएका थिए।  गीत संगीतमा  रुची राख्ने पाठक  २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौं कालिका म्यूजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधीसमेत हात पारेका  थिए।
गीत लेख्ने, संगीत दिने र आफै गाउने समेत क्षमता भएका स्व.पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको डीएसपी  थापाले जानकारी दिए।  कर्तव्य पालनाको सिलसिलमा २०७२ चैत्र २८ गते धादिङ्गको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा परि उनको  निधन भएको थियो।
प्रकाशित: १७ असार २०८१ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =