पाहुना बनेर साथीको घरमा पुगेर चोरी गर्ने पक्राउ

हिमाल प्रेस १७ असार २०८१ १६:४०
26
SHARES
पाहुना बनेर साथीको घरमा पुगेर चोरी गर्ने पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–१२ की दिपा थापा छिन्।

उनलाई कास्की प्रहरीले सुनको गरगहना र २९ हजार रुपैयाँ चोरी गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए। उनी पाँच दिनअघि पक्राउ परेकी हुन्। थापाका अनुसार दिपाले फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनका गहना र नगद चोरी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो।

प्रहरीको अनुसन्धानका क्रममा दिपा साथीको घरमा पाहुनाको रूपमा जाने र चोरी गरेर फर्किने गरेको खुलेको छ। एसपी थापाले भने, ‘फेसबुकमार्फत नै चिनेकी साथीको घरमा खाना खाने बहानामा त्यहाँ पुगेको देखिन्छ। साथी खाना पकाइरहेका बेला सुन र नगद चोरी गरेको खुलेको हो।’

प्रहरीको अनुसन्धानका क्रममा दिपा काठमाडौंलगायत विभिन्न सहरमा साथीको रूपमा घर पुग्ने र चोरी गरेर फर्किने गरेको खुलेको छ। पोखरामै अन्य व्यक्तिको घरमा समेत त्यही शैलीमा चोरी गरेको भन्दै दिपाविरुद्ध उजुरी दिएका छन्। उनीमाथि चोरी मुद्दामा कास्की प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: १७ असार २०८१ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =