विमान सम्पर्कविहीनको हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ : तारा एयर

हिमाल प्रेस १७ असार २०८१ १६:३७
32
SHARES
विमान सम्पर्कविहीनको हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ : तारा एयर फाइल तस्बिर।

काठमाडौँ- तारा एयरले पोखराबाट जोमसोमका निम्ति उडेको आफ्नो विमान सम्र्पकविहीन भएको भन्दै झुटो हल्ला फैलाइएको जनाएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले केही गलत मनसायका व्यक्तिले झुटो हल्ला फैलाएको उल्लेख गरेको छ। कम्पनीले त्यस्ता हल्लाका पछि नलाग्न आग्रह गरेको छ।

गलत सूचना फैलाउनेविरुद्ध कानुनी कारबाही अघि बढाउने कम्पनीले चेतावनी दिएको छ। ‘गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने समेत सूचित गरिन्छ,’ तारा एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ असार २०८१ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =