कांग्रेस नेता जितेन्द्र देव एमाले प्रवेश, ओलीले गरे स्वागत

हिमाल प्रेस १७ असार २०८१ १६:१६
92
SHARES
कांग्रेस नेता जितेन्द्र देव एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौँ- नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। संविधानसभा सदस्य, पूर्वपर्यटनमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका जीतेन्द्र आज सोमबार एमालेमा प्रवेश गरेका हुन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।

उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा प्रवेश गरेका थिए।  त्यसअघि उनी एमालेबाट मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गरेका छन्। उनी संविधानसभा सदस्य एवं पूर्वकृषिमन्त्री हुन्।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोसपाका अरू नेता–कार्यकर्तालाई पनि ओलीले एमालेमा प्रवेश गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =