सरकार कूटनीतिक नीतिमा स्पष्ट हुनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

हिमाल प्रेस १७ असार २०८१ १५:१४
22
SHARES
सरकार कूटनीतिक नीतिमा स्पष्ट हुनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ- आफ्नो मुलुकको कूटनीतिक तथा परराष्ट्र नीतिमा सरकार स्पष्ट हुनुपर्ने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)ले राजधानीमा सोमबार आयोजना गरेको ‘दुई पक्षीय तथा बहुपक्षीय वार्ता’ सम्बन्धी एक दिने गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारको कूटनीतिक स्पष्टता बारे बताएका हुन्।

उनले सरकारले कूटनीतिक तथा परराष्ट्र नीतिमा स्पष्ट भएर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्दै जानुपर्नेमा जोड दिनुपर्ने बताए। ‘नेपालको कूटनीतिक सम्बन्ध बलियो छ। लोकतन्त्र आएपछि अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो र प्रभावकारी हुँदै गएको छ। यसलाई अझ राम्रो बनाउन नीतिगत सुधार गर्नुपर्छ। जसका लागि सरकार लागि परेको छ,’ उनले भने।

नेपालको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा रहेका राजदूतहरूले मुलुकको हितका लागि सम्बन्धीत देशमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ। दूतावास सक्रिय बनाएर आर्थीक र विकास कूटनीतिमा उनीहरू लाग्नुपर्नेमा उनले जोड दिए। मुलुकको हितलाई ध्यानमा राखेर काम गर्न उनले लगातार निर्देशन दिइरहेका छन्।

यस्तै, परराष्ट्र सचिव सेवा लम्सालले सरकारले आईएफएका लागि नयाँ योजना बनाइरहेको बताएकी छन्। उनले परराष्ट्रसम्बन्धी अध्ययन, विकास, कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धका लागि आवश्यक काम भइरहेको पनि बताइन। नेपालले अन्तराष्ट्रिय  कूटनीतिक क्षेत्रमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको उनले दावी छ।

कार्यक्रमको बन्द सेसनमा पूर्व सचिव मावध बेल्वासे, पूर्व परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई र बाणिज्य वार्तामा सधै परिरहने पूर्व प्रशाषक रवि शंकर सैजुले कसरी वार्तामा सहभागी हुने र के कस्ता ढ‌गले आफ्नो विषय उठान गर्ने भनेर नयाँ अधिकारीहरुलाई सुझाउने काम गरेका छन्। उनीहरुले पुरानाबाट नयाँमा केही विषयहरु ट्रान्सफर गर्नका लागि नै यो प्रकारकाे सेसन राखेकाे आईएफएले जनाएको छ।

आईएफएका कार्यकारी निर्देशक एवं पूर्व राजदूत प्रकाशकुमार सुवेदीले पनि आगामी दिनमा यस्ता कार्यक्रम गर्दै परराष्ट्रलाई बलियो बनाउँदै अघि बढ्ने बताए।

प्रकाशित: १७ असार २०८१ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =