‘विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग बनाउँछौँ’

हिमाल प्रेस १७ असार २०८१ १४:५९
42
SHARES
‘विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग बनाउँछौँ’

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न आयोग गर्ने तयारीमा सरकार रहेको बताएका छन्। आज सोमबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन्।

‘कुनै पनि कालखण्डमा भएकामध्‍ये भ्रष्टाचारका २५ वटा काण्डहरूलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने, ‘कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट, त्यो साहसका साथ हामी प्रस्तुत भएका छौँ।’

प्रकाशित: १७ असार २०८१ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =