सुनको मूल्य सामान्य बढ्यो

हिमाल प्रेस १७ असार २०८१ १२:२५
6
SHARES
सुनको मूल्य सामान्य बढ्यो

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १७ असार २०८१ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + sixteen =