एकीकृत समाजवादीको महाधिवेशन खनालको नेतृत्वमा अध्यक्ष मण्डल

हिमाल प्रेस १७ असार २०८१ ११:३७
26
SHARES
एकीकृत समाजवादीको महाधिवेशन खनालको नेतृत्वमा अध्यक्ष मण्डल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनअन्तर्गत बन्दशत्र सुरु भएको छ। काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक दस्तावेजमा छलफल गरिने छ।

बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेजमाथि छलफल गरिने छ। महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्। पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ।

एकीकृत समाजवादीको नेतृत्व चयनका लागि हुने मतदान विद्युतीय मेसिनबाट हुने भएको छ। त्यसका लागि डेमोसमेत प्रस्तुत भएको छ।

बन्दसत्र सञ्चालनका लागि नेकपा एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गरिएको छ। त्यस्तै उपमहासचिव जगन्नाथ खतिवडाको संयोजकत्वमा १५ सदस्यीय बहस नोट कमिटी पनि गठन गरिएको छ। माइन्युट लेखनको जिम्मा भने गंगालाल तुलाधर र विजय पौडेलले पाएका छन्।

प्रकाशित: १७ असार २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =