नाउपा विवाद उत्कर्षमा

रेशम पक्षले संसदीय दलको नेताबाट रञ्जितालाई हटायो

हिमाल प्रेस १७ असार २०८१ ८:३०
40
SHARES
रेशम पक्षले संसदीय दलको नेताबाट रञ्जितालाई हटायो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद उत्कर्षमा पुगेको छ। संरक्षक रेशमलाल चौधरी पक्षधरले अध्यक्ष समेत रहेकी रञ्जिता चौधरीलाई संसदीय दलको नेताबाट हटाएको छ।

आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय रेशम पक्षले जनाएको छ।

संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ। त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए। लालवीर रेशमका बुवा हुन्। यता रञ्जिता भने मन्त्री बन्ने तयारीमा छन्। नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित: १७ असार २०८१ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =