२०८२ बैशाखभित्र जिल्लाको अधिवेशन सक्ने तयारीमा राप्रपा

हिमाल प्रेस १७ असार २०८१ ८:०४
10
SHARES
२०८२ बैशाखभित्र जिल्लाको अधिवेशन सक्ने तयारीमा राप्रपा

काठमाडौँ- दोस्रो स्तरका नेताको व्यापक दबाबका कारण राप्रपा अधिवेशनतर्फ धकेलिएको छ। अध्यक्ष राजेन्द्र लिङदेनमाथि प्रश्न उठिरहेका बेला पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन गर्ने निर्णय अघि सारेको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आगामी २०८२ बैशाखभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। स्थानीय तहको आगामी निर्वाचन लगायतका निर्वाचनलाई ध्यान दिइ राप्रपाले पार्टीको सबै तहको चाँडो निर्वाचन गर्ने तयारी गरेको श्रेष्ठले बताए।

अधिवेशनको कार्यविधिमा वडा तहदेखि जिल्ला तहको अधिवेशन गर्न निर्वाचन तालिका समेत समावेश गरिएको छ। केन्द्रीय निर्वाचन समिति ९ सदस्यीय रहने गरी बैठकले निर्णय गरेको छ। साथै, जिल्ला निर्वाचन समितिको संयोजक जिल्ला कार्यसमितिको सिफारिशमा केन्द्रीय निर्वाचन समितिले तोक्ने निर्णय गरिएको श्रेष्ठले बताए ।

यस्तै, बैठकले देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। अधिक वर्षा हुने समय आउॅदै गरेकाले सजग र सचेत रहन पनि राप्रपाले आम जनसमुदायमा हार्दिक अपील गरेको छ।

साथै, विपद व्यवस्थापनको आवश्यक पूर्व तयारी गर्न, सरकारको सबै संयन्त्र परिचालन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। यस्तै खेतीको समय सुरु भइसकेको अवस्थामा किसानलाई सहज र सरल ढंगबाट रासयनिक मल, बिऊबिजन उपलब्ध गराउन पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १७ असार २०८१ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast