३४ जिल्लामा भारी वर्षाको सम्भावना, ‘रेड अलर्ट’ जारी, [हेर्नुहोस् जिल्लाहरू]

हिमाल प्रेस १७ असार २०८१ ७:५२
10
SHARES
३४ जिल्लामा भारी वर्षाको सम्भावना, ‘रेड अलर्ट’ जारी, [हेर्नुहोस् जिल्लाहरू] अविरल वर्षाका कारण बूढीखोलामा आएको बाढी।

काठमाडौँ– मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा निरन्तर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना छ। वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हो ।

यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावना रहेको भन्दै ‘यलो अलर्ट’ जारी गरेको छ। रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन्। विगत केही दिनदेखि देशभर मनसुनी वायु सक्रिय छ। न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभागरसिमाना आसपास रहने भएकोले मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसअघि महाशाखाले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो।

 

प्रकाशित: १७ असार २०८१ ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =