डलर यथावत रहँदा अरू कुन मूद्राको मूल्य कति?

हिमाल प्रेस १७ असार २०८१ ७:११
12
SHARES
डलर यथावत रहँदा अरू कुन मूद्राको मूल्य कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ १२ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा थियो।  आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८५ पैसा थियो। आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७० पैसा थियो।

प्रकाशित: १७ असार २०८१ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =