युरो २०२४ : इंग्ल्यान्ड र स्पेन ‘अन्तिम ८’ मा

हिमाल प्रेस १७ असार २०८१ ६:५१
4
SHARES
युरो २०२४ : इंग्ल्यान्ड र स्पेन ‘अन्तिम ८’ मा

काठमाडौँ- स्पेन र इंग्ल्यान्डले युरो २०२४ को अन्तिम ८ निश्चित गरेका छन्। स्पेनले जर्जियामाथि सानदार जित निकाल्दै अन्तिम ८ पुग्दा इंग्ल्यान्डले स्लोभाकियाविरुद्ध संघर्षपूर्ण जित निकालेको हो। आइतबार रातिको खेलमा स्पेनले १८ औँ मिनेटमै आत्मघाती गोल खाएको थियो।

रोविनले नोर्मान्डको उपहार गोलमा जर्जियाले सुरुवाती अग्रता बनाएको थियो। तर केही समयमै स्पेन खेलमा फर्कियो। खेलको ३९औँ मिनेटमा निको विलियम्स्को पासमा रोड्रीले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए। त्यसपछि भने स्पेनले पकड बनाइरह्यो। खेलको ५१औँ मिनेटमा लामिन यामालको पासमा रुइजले हेडर गोल गर्दै स्पनेलाई अग्रता दिलाए।

खेलको ७५औँ मिनेटमा विलियम्सको गोलमा स्पेनले अग्रता फराकिलो पार्‍यो। ८३औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनको जित पक्का गराए।

स्पेनले अब क्वार्टरफाइनलमा जर्मनीसँग खेल्नेछ। जर्जिया भने हारसँगै अन्तिम १६ बाटै बाहिरिएको छ। यता इंग्ल्यान्डले भने स्लोभाकियासँग संघर्षपूर्ण पुनरागमन जित निकालेको छ।

इंग्ल्यान्डको अग्रपंति चुक्दा ९० मिनेटसम्म गोल गर्न सकेन। समय सकिन केही सेकेन्डअघि मात्रै जुड बेलिङ्घमले गोल फर्काउँदै बराबरीमा पुर्‍याएका थिए। त्यसको केही समयमै कप्तान ह्यारी केनले उत्कृष्ट गोल गर्दै स्पष्ट जितमा पुर्‍याएका थिए।

अन्तिम मिनेटका २ गोलले इंग्ल्यान्ड बाहिरिनबाट जोगियो। यता स्लोभाकिया भने अन्तिम मिनेटमा समालिन नसक्दा प्रतियोगिताबाटै बाहिरियो। अब क्वार्टरफाइनलमा इंग्ल्यान्ड र स्वीजरल्यान्डको भेट पक्का भएको छ। यता स्पेन र जर्मनी भिड्नेछन्।

प्रकाशित: १७ असार २०८१ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =