शैक्षिक प्रतिष्ठानका प्रगति विवरण खोज्दै शिक्षा मन्त्रालय

हिमाल प्रेस २० असार २०८१ ७:२६
2
SHARE
शैक्षिक प्रतिष्ठानका प्रगति विवरण खोज्दै शिक्षा मन्त्रालय शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण संकलन प्रारम्भ गरेको छ।

मन्त्रालयले ती विवरण १५ दिनभित्र उपलब्ध गराउन सार्वजनिक आग्रह गरेको छ।

शिक्षा क्षेत्रमा हाल के-कति राष्ट्रिय र गैरसरकारी कार्यरत छन् र तिनले के गरिरहेका छन् भन्नेबारे सरकारसँग व्यवस्थित सूचना प्रणाली नरहेको स्थितिमा शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा विवरण संकलन थालिएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ।

यसरी विवरण संकलन भएपछि शिक्षा प्रणालीका लागि स्रोत परिचालनमा रहेका समस्या पहिचान र समाधानका उपाय पहिल्याइने सचिवालयले बताएको छ।

प्रकाशित: २० असार २०८१ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast