५४ अंकले बढेको सेयर बजारमा १२ अर्बको कारोबार

हिमाल प्रेस २ साउन २०८१ १६:०४ | Wednesday, July 17, 2024
५४ अंकले बढेको सेयर बजारमा १२ अर्बको कारोबार

काठमाडौँ- नयाँ सरकार गठनसँगै उकालो लागेको सेयर बजार साताको चौथो कारोबारमा पनि उल्लेख्य बढेको छ। आज बजार ५४.०४ अंकले बढेको हो। अघिल्लो कारोबारमा बजार ७० अंकले बढेको थियो। आजको कारोबारसँगै समग्र बजार परिसूचक २३६४.६३ मा कायम छ। बुधबार २०४ कम्पनीको सेयर मूल्य बढेको छ। ३२ कम्पनीको सेयर मूल्य घटेको छ।

बजारसँगै कारोबार रकम पनि बढेको छ। १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँबराबरका तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर एक लाख ४९ हजार ६८१ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

अघिल्लो कारोबार दिन नौ अर्ब १६ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो। सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्दा सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रो र सीईडीबी हाइड्रोको सेयर उच्च कमाउने कम्पनीको शीर्ष स्थानमा परे।

समूहगत उपसूचकतर्फ व्यापार समूहमा उत्साह देखियो। व्यापार समूह २२९ अंक अर्थात् ७.३० प्रतिशतले बढ्यो। फाइनान्स समूह ५.५, होटेल समूह ५.५५ प्रतिशतले बढ्यो।

प्रकाशित: २ साउन २०८१ १६:०४ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast