१५औं महाधिवेशनमा शेखरलाई सहयोग गर्ने सुजाताको घोषणा

हिमाल प्रेस ४ साउन २०८१ १६:१६ | Friday, July 19, 2024
१५औं महाधिवेशनमा शेखरलाई सहयोग गर्ने सुजाताको घोषणा

काठमाडौँ- नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन्।

शुक्रबार बालुवाटारस्थित शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफूभित्र कुनै विवाद नरहेको भन्दै आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन्। पार्टीका अग्रज आफ्ना परिवारहरूले देखेको सपना पूरा गर्ने नेतृत्वदायीक भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुनै पनि उल्लेख गरिन्। उनले शशांक कोइरालाले पनि शेखरलाई सहयोग गर्ने दाबी पनि गरिन्।

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने बताए। उनले विगतमा केही तल माथि भए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुन: एकताबद्ध भएर अघि बढ्ने धारणा राखे। उनले आगामी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासमक्ष आग्रह गरे। त्यस्त

कांग्रेसको १४औं महाधिवेशनमा कोइराला प्रकाशमान सिंह प्यानलमा उपसभापतिको उम्मेदवार बनेकी थिइन्। शशांक भने केन्द्रीय सदस्य लडेका थिए। उनी निर्वाचित बने।तर दुवैले शेखरलाई सहयोग गरेका थिएनन्।  अहिले भने शेखरले कोइराला दाजु बहिनी सबै एकठाउँमा रहेको, एक भएको सन्देश दिन जोडबल गरिरहेका छन्।

प्रकाशित: ४ साउन २०८१ १६:१६ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast