काठमाडौँ- प्रहरीले १४ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ। ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको हुण्डाई कारबाट १४ किलो २५० ग्राम चाँदीसहित उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो।
सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामको वर्कसप भित्र गाडी रोकिरहेको अवस्थामा सीआईबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत रक्सौलका अमन कुमार, सोही ठाउँका विकीकुमार साह र सवारी चालक पर्सा लिपर्नी विर्ता घर भएका श्रवण कुमार कानू छन्।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
प्रकाशित: २३ असार २०८१ १७:५१ | Sunday, July 7, 2024
प्रतिक्रिया




