१२ वर्षपछि युरो च्याम्पियनसिपको फाइनलमा स्पेन

हिमाल प्रेस २६ असार २०८१ ६:५५ | Wednesday, July 10, 2024
१२ वर्षपछि युरो च्याम्पियनसिपको फाइनलमा स्पेन स्पेनका खेलाडी लामिन यमाल।

काठमाडौँ- फ्रान्सलाई पराजित गर्दै स्पेन १२ वर्षपछि युरोको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन उपाधिनजिक पुगेको हो। स्पेनलाई फाइनल पुर्‍याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरे पनि पर्याप्त हुन सकेन।

खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। उक्त अग्रता धेरै बेर टिकेन। २१औँ मिनेटमा स्पेनले बराबरी गोल गर्‍यो। गोल गर्ने खेलाडी थिए १६ वर्षीय लामिन यमाल। बक्सबाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो।

त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो। स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इंग्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्नेछ।

प्रकाशित: २६ असार २०८१ ६:५५ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast