११ सयले बढ्यो सुनको भाउ

हिमाल प्रेस ९ साउन २०८१ १०:५७ | Wednesday, July 24, 2024
११ सयले बढ्यो सुनको भाउ

काठमाडौँ- आज (बुधबार) सुनको मूल्य बढेको छ। सुनको भाउ आज प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।

प्रकाशित: ९ साउन २०८१ १०:५७ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast