काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ८१ अर्ब ३० करोड भएको छ। सरकारी खर्च गत आर्थिक वर्षको ११ महिनामा १३.६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधि (११ महिना) मा ०.४ प्रतिशतले मात्र वृद्धि भएको छ। समीक्षा अवधिमा चालु खर्च ८ खर्ब २२ अर्ब ८१ करोड, पुँजीगत खर्च १ खर्ब ३४ अर्ब ९८ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब २३ अर्ब ५१ करोड रहेको छ।
प्रकाशित: २६ असार २०८१ २०:१६ | Wednesday, July 10, 2024
प्रतिक्रिया




