हामीविरुद्ध अनेक किसिमका षडयन्त्र बुनिँदैछन् : माधवकुमार नेपाल

हिमाल प्रेस १० साउन २०८१ १४:३२ | Thursday, July 25, 2024
हामीविरुद्ध अनेक किसिमका षडयन्त्र बुनिँदैछन् : माधवकुमार नेपाल माधवकुमार नेपाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षडयन्त्र भइरहेको सूचना पाएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले षडयन्त्र भइरहेको सूचनाहरू पाएको बताएका हुन्।

‘हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ। कति सत्य हो, कति असत्य हो ? थाहा छैन। तर, कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ। लेखेर पनि हुँदो रहेनछ,’ उनले भने, ‘बोलेर हुँदो रहेनछ। त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ। त्यसको बारेमा हामीले जानकारी हासिल गर्नुपर्छ। त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ। यसअर्थमा विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ।’

 

प्रकाशित: १० साउन २०८१ १४:३२ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast