हलमा लागे दुई नेपाली र एक भारतीय फिल्म

हिमाल प्रेस ११ साउन २०८१ १३:४० | Friday, July 26, 2024
हलमा लागे दुई नेपाली र एक भारतीय फिल्म

काठमाडौँ- साउन ११ (आज)देखि हलमा दुई नेपाली र एक भारतीय फिल्म प्रर्दशन भइरहेको छ। नेपाली फिल्म ‘ईश्वर’ र ‘ब्ल्याक छाया’, दक्षिण भारतीय फिल्म ‘रायन’।

फिल्म ‘ईश्वर’का निर्देशक राजु गिरी हुन्। प्रेमसम्बन्धमा आउने उतारचढाव प्रस्तुत गरिएको फिल्ममा सुनिल थापा, अनु शाह, बुद्धि तामाङ, रवीन्द्र झा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ। क्यूएफएक्स सिनेमाज, वान सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्सलगाय कलमा फिल्मको सो छ।

अर्को नेपाली फिल्म ‘ब्ल्याक छाया’ पनि प्रेम कथामा आधारित छ। फिल्मका निर्देशक आरएल लामा हुन्। फिल्ममा जान्ह्वी बस्नेत, सलोन बस्नेत, शोभित बस्नेत, नीर शाह, धीरेन शाक्य, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ। फिल्म सीमित हलमा प्रदर्शन भइरहेको छ। उपत्यकाको विश्वज्योति सिनेप्लेक्समा फिल्मको सो छ।

त्यस्तै दक्षिण भारतीय फिल्म ‘रायन’ फिल्मका निर्देशक धनुष हुन्। फिल्म एक्सन जनरामा बनेको छ। निर्देशक धनुषसहित फिल्ममा नित्य मेनन, प्रकाश राज मुख्य भूमिकामा छन्। नेपालमा क्यूएफएक्स सिनेमाज, आईएनआई सिनेमा, वान सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्मको उच्च सो छ।

यो संँगै हलमा नेपाली फिल्म ‘घरज्वाइँ’, बलिउड फिल्म ‘ब्याड न्युज’, हलिउड फिल्म ‘ट्वीस्टर्स’, भारतीय फिल्म ‘कल्की २८९८ एडी’ प्रदर्शन भइरहेको छ।

प्रकाशित: ११ साउन २०८१ १३:४० | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast