स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ

हिमाल प्रेस १० साउन २०८१ ७:४९ | Thursday, July 25, 2024
स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

तनहुँ- स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो। उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो।

काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शंका लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो।

प्रकाशित: १० साउन २०८१ ७:४९ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast