स्याङ्जा : नुहाउन गएका दिदीबहिनी कुवामा मृत भेटिए

हिमाल प्रेस ३० असार २०८१ १८:५५ | Sunday, July 14, 2024
स्याङ्जा : नुहाउन गएका दिदीबहिनी कुवामा मृत भेटिए

पोखरा- स्याङ्जाको पुतलीबजारमा पानीको दह (कुवा) मा एकै घरका दुई दिदीबहिनी मृत फेला परेका छन्। मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा ४ का नरेन्द्रबहादुर थापाका छोरीहरू लक्ष्मी थापा र सुस्मिता थापा हुन्। १४ वर्षीया लक्ष्मी कक्षा ९ र उनकी बहिनी १२ वर्षीया सुस्मिता कक्षा ५ पढ्थिन्।

आइतबार घर नजिकै पधेँरामा नुहाउन र लुगा धुन भनी गएका उनीहरू लामो समयसम्म नफर्केपछि खोजी गर्ने क्रममा रामकोष स्वाँरास्थित पानीको दहमा डुबेको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनीहरूको डुबेर मृत्यु भएको प्रारम्भिक अनुमान छ। सो घटनाबारे थप अनुसन्धान भइरहेको छ। रामकोष स्वाँरास्थित पधेँरो घरभन्दा करिब ५ सय मिटर टाढा पर्दछ।

प्रकाशित: ३० असार २०८१ १८:५५ | Sunday, July 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast