सौर्य एयरलाइन्स दुर्घटना : पाइलटको उद्धार, १९ यात्रुको उद्धार प्रयास जारी

हिमाल प्रेस ९ साउन २०८१ १२:११ | Wednesday, July 24, 2024
सौर्य एयरलाइन्स दुर्घटना : पाइलटको उद्धार, १९ यात्रुको उद्धार प्रयास जारी

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जना यात्रुको उद्धार प्रयास भइरहेको नागरिक उड्डययन प्राधिकरणले जनाएको छ। मर्मतका लागि पोखरा जान लागेको सौर्य एयरको जहाज आज बुधबार बिहान दुर्घटना भएको थियो। जहाजमा आगो लागिरहेको छ। निभाउने प्रयास भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

‘मर्मतसम्भारका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको भएको विमान रनवे ०२ बाट टेकअफ गर्दै गर्दा रनवे २० को पुर्ब पट्टि दुर्घटनामा परेको हो।

दुर्घटना भएको जहाजबाट पाइलट जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।
जहाजमा रहेको प्राविधिक १९ जनाको उद्धार जारी रहेको भुलको भनाइ छ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोली आगो नियन्त्रणको प्रयासमा छन्।

प्रकाशित: ९ साउन २०८१ १२:११ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast