सेयर बजारमा हरियाली

हिमाल प्रेस ८ साउन २०८१ १५:४८ | Tuesday, July 23, 2024
सेयर बजारमा हरियाली

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक ७५.३३ अंक अर्थात् तीन.३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३.४३ को बिन्दु कायम भएको हो। तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता सेयर एक लाख ७१ हजार तीन सय ८७ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५.६ र जीवन बिमा समूहको उपसूचक चार दशमलव ४५ प्रतिशतले बढेको छ। ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

सबैभन्दा धेरै सेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ। गणपतिको सयर मूल्य ५.८३ प्रतिशतले घटेको हो। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २४ करोड ६९ लाख २३ हजार सात सय ९२ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–२ को १६ लाख दुई हजार आठ सय ३५ बराबरको कारोबार भएको छ। रासस

प्रकाशित: ८ साउन २०८१ १५:४८ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast