काठमाडौँ- सुनको मूल्य आज तोलामा चार सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार एक सय निर्धारण भएको छ।
आइतबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार चार सय निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ। आइतबार प्रतितोला एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय ५० निर्धारण भएको छ। रासस
प्रकाशित: १४ साउन २०८१ ११:२२ | Monday, July 29, 2024
प्रतिक्रिया




