सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नलिने, राजीनामा दिने

हिमाल प्रेस १६ साउन २०८१ ९:२८ | Wednesday, July 31, 2024
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नलिने, राजीनामा दिने

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिने भएका छन्।

मुख्यमन्त्री निकट स्रोतका अनुसार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने भएका हुन्। एमालेले छाडेपछि मुख्यमन्त्री अल्पमतको सरकार चलाइरहेका छन्।  एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। तर बहुमत गुमाएकाले उनले राजीनामा दिने तयारी गरेका छन्। ‘आज हुन्छ वा भोलि टुंगो छैन।’ मुख्यमन्त्री निकट स्रोतले भन्यो,‘तर, संसद् फेस नगर्ने निश्चित भयो।’

५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीसँग १४ मत छ। माओवादीका १० (सभामुखबाहेक) र एकीकृत समाजवादीका चार सांसद मुख्यमन्त्री सोडारीका पक्षमा छन्। नेपाली कांग्रेसको १८ र एमालेको १० सिट छ।

नाउपा ७, राप्रपा र स्वतन्त्र सांसद एकएकजना सदस्य छन्। अब केन्द्रीय समीकरणअनुसार यहाँ कांग्रेसको सरकार बन्ने निश्चित छ।

प्रकाशित: १६ साउन २०८१ ९:२८ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast