 चितवनको सिमलतालस्थित त्रिशूली नदीमा असार २८ गते दुईवटा बस खसेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी। फाइल तस्बिर
                             चितवनको सिमलतालस्थित त्रिशूली नदीमा असार २८ गते दुईवटा बस खसेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी। फाइल तस्बिर
                                            काठमाडौँ- सरकारले सिमलताल पहिरोका कारण त्रिशूलीमा बेपत्ता दुई बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ। आज बुधबार गृहसचिव एकनारायण अर्यालले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भारतसँग सहयोग लिइसकेको र चीनसँग पनि सहयोग लिने बताएका हुन्।
‘सिमलतालमा पहिरोका कारण त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौँ’उनले भनिन्। मुग्लिन-नारायणघाट सडकअन्तर्गत सिमतालमा गत असार २८ गते पहिरोमा परी दुईवटा बस त्रिशूलीमा बेपत्ता भएका थिए।
ती बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाँच्न सफल भएका थिए। हालसम्म २४ वटा शव फेला परेका छन्। अन्य यात्रु र बसको अवस्था अझै बेपत्ता छन्। यात्रु र बस खोज्न भारतीय उद्धार टोली परिचालन गर्दा पनि फेला परेन। सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाको उद्धार टोलीले खोजी गरिरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 