सिन्धुलीमा विङ्‌गर दुर्घटना, ११ जना घाइते

हिमाल प्रेस २८ असार २०८१ १३:१० | Friday, July 12, 2024
सिन्धुलीमा विङ्‌गर दुर्घटना, ११ जना घाइते

काठमाडौँ- सिन्धुली गोलान्जोर गाउँपालिका-७ स्तिथ सुनकोशी मरीन डाइभर्सन क्षेत्रमा सवारी दुर्घटना भएको छ। बिहान ११:४० बजेको समयमा सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको विङ्‌गर अनियन्त्रित भई दुर्घटना भएको हो। सडकबाट करिब ३० मिटर तल खसेको विङ्‌गरमा सवार ११ जना यात्रु घाइते भएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट खटिएको चार जना खोताखोरसहितको सात जनाको टोली र नेपाल प्रहरीको संयुक्त टोली खटिएको उनको भनाइ छ।
घाइतेहरूलाई उपचारका लागि शुभ जीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असार २०८१ १३:१० | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast