पहिराे। प्रतिनिधिमूलक तस्बिर। 
                                            लुम्बिनी- अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ। पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ।
यस्तै तानसेन-तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका हुन्। सडक अवरुद्ध भएसँगै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडकका पहिरो हटाएर अहिले एकतर्फी खुलाइएको छ। अन्य स्थानको पहिरो हटाउने काम भईरहेको छ।
                            प्रकाशित: २२ असार  २०८१ १०:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

