साउन लागेसँगै पशुपति पुग्नेको लहर

हिमाल प्रेस १ साउन २०८१ ८:२० | Tuesday, July 16, 2024
साउन लागेसँगै पशुपति पुग्नेको लहर

काठमाडौँ- आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन्।

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको जानकारी दिए।

उनले भने, ‘साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ।’

आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षभन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ।

कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको छ। साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए। रासस

प्रकाशित: १ साउन २०८१ ८:२० | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast