सहमतिको नजिक पुग्यो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक

हिमाल प्रेस १४ साउन २०८१ ११:३८ | Monday, July 29, 2024
सहमतिको नजिक पुग्यो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सिंहरदरबारमा बसेको सहमतिको नजिक पुग्यो संक्रमणकालीन न्याय सम्बन्धी विधेयकको कार्यदलको बैठक।

काठमाडौँ- संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) सहमति नजिक पुगेको नेताहरूले दाबी गरेका छन्। टीआरसीको सहमति खोज्न गठित कार्यदलले सहमति नजिक पुगेको बताएको छ। आज सोमबार पनि कार्यदलको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको थियो।

कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको बताए। उनले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरूसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताए।

उनले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभईकन सिंगो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगोमा पुर्‍याउनुपर्ने जानकारी दिए।
कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।

प्रकाशित: १४ साउन २०८१ ११:३८ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast