सर्पले डस्दा महिलाको मृत्यु

हिमाल प्रेस २९ असार २०८१ १०:१३ | Saturday, July 13, 2024
सर्पले डस्दा महिलाको मृत्यु सांकेतिक तस्बिर।

सिरहा- सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो।

चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो। उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो।

प्रकाशित: २९ असार २०८१ १०:१३ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast