समाजवादी मोर्चाको दस्ताबेजीकरण गर्न कार्यदल

हिमाल प्रेस १ साउन २०८१ २०:४४ | Tuesday, July 16, 2024
समाजवादी मोर्चाको दस्ताबेजीकरण गर्न कार्यदल समाजवादी मोर्चाको बैठक। फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चाले पछिल्लो राजनीतिक घटनाक्रमका साथै यसअघिको मोर्चाको कामको समीक्षा गर्दै दस्ताबेजीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले दस्ताबेजीकरणका लागि चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। त्यस्तै बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चगमनका साथै विगतको उपलब्धिप्रति हुन सक्ने प्रहारप्रति चिन्ता व्यक्त गरेको छ। बैठकले अरू सबै प्रगतिशील कम्युनिष्ट घटकका साथै उपेन्द्र यादव र मोहनविक्रम सिंहलाई पनि मोर्चामा ल्याउने पहल गर्ने निर्णय गरेको नेकपाका नेता खड्क विश्वकर्माले जानकारी दिए।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन्।

प्रकाशित: १ साउन २०८१ २०:४४ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast