सञ्चालनमा आयो हिल्टन होटल, प्रधानमन्त्रीले गरे उद्घाटन

हिमाल प्रेस ११ साउन २०८१ २१:२३ | Friday, July 26, 2024
सञ्चालनमा आयो हिल्टन होटल, प्रधानमन्त्रीले गरे उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आज (शुक्रबार) देखि सञ्चालनमा आएको हिल्टन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

नक्सालमा निर्माण भएको हिल्टन होटलको शुभारम्भ गर्दै उनले अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको उल्लेख गर्दै सफलताको शुभकामना समेत दिए। ‘हिल्टन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नेमा विश्वस्त छु,’ उनले भने।

उक्त होटल शंकर ग्रुपले आठ अर्ब लगानीमा निर्माण गरेको हो। सात वर्षअघि निर्माण सुरु भएको हिल्टन होटलमा एक सय ७४ रुम छन्।

अन्तर्राष्ट्रिय चेन होटल हिल्टन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ। हाल हिल्टनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ।

प्रकाशित: ११ साउन २०८१ २१:२३ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast