‘सक्किगोनि’ टिमलाई लिएर ‘लाज शरणम्’ बन्ने

हिमाल प्रेस ४ साउन २०८१ १९:११ | Friday, July 19, 2024
‘सक्किगोनि’ टिमलाई लिएर ‘लाज शरणम्’ बन्ने

काठमाडौं- ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणा गरिएको हो ।

सिनेमाको निर्माण घोषणा कार्यक्रममा बरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओमप्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो।

सिनेमाको निर्माण घोषणा कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो। सिनेमाको मार्केटिङ ब्रान्डिङ पाटर्नरको रुपमा सिनेमाको घोषणा कार्यक्रममा नै एडी रिलिजसँग सम्झौता गरिएको हो। सिनेमामा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले सिनेमाको लेखन तथा निर्देशन गर्नेछन्। सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रूपमा रहेका छन्।

सुदीप बरालको छायांकन रहने सिनेमामा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ। यो सिनेमाबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्दैछन्। सिनेमामा सक्किगोनि टिमबाट कोको कलाकार रहने तथा अन्य कलाकारहरु कोको रहने भन्ने बिस्तारै सार्वजनिक गरिने जानकारी सिनेमाको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो।

यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रिको अवसर पारेर सिनेमा प्रदर्शन ल्याउने तयार लाज शरणम् टिमको छ। सिनेमाको घोषणा कार्यक्रममा यो सिनेमा हरिवंश आचार्य, दीपाश्री निरौला, रंग पत्रकार प्रकाश सुवेदी लगायतले सफलताको शुभकामना दिएका थिए। यस्तै सिनेमाको घोषणा कार्यक्रममा लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिन समेत सेलिब्रेसन समेत गरिएको थियो।

प्रकाशित: ४ साउन २०८१ १९:११ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast