संसद् बैठकमै शशांक कोइरालाले गुट्खा चपाए

हिमाल प्रेस ७ साउन २०८१ १५:२२ | Monday, July 22, 2024
संसद् बैठकमै शशांक कोइरालाले गुट्खा चपाए

काठमाडौँ- नेपाली कांग्रेस सांसद डा. शशांक कोइरालाले प्रतिनिधिसभाको बैठक स्थलभित्रै सूर्तीजन्य पदार्थ सेवन गरेका छन्। आज सोमबारको बैठकमा उनले गुट्खा खाएका हुन्।

उनले गुट्खा खाइरहँदा कांग्रेस सांसद राजेन्द्र बजगाइँले शून्य समयमा बूढीगण्डकी जशालययुक्त आयोजनाको बारेमा सरकारको ध्यानाकर्षण गराइरहेका थिए।

बजगाईँले बोलिरहँदा कोइरालाले गुट्खाको प्याकेट खोलेर दुईहातको सहायताले खाएको भिडियोमा देखिन्छ। उक्त भिडियो प्रतिनिधिसभाको युट्युबबाट लाइभ भइरहेको थियो।

प्रतिनिधिसभा बैठककक्षमा यसरी सूर्तीजन्य पदार्थ खाएर कांग्रेसकै सांसद अर्जुननरसिंह केसी निकै आलोचित भएका थिए। उनले बैठक चलिरहँदा मुखमा भएको सूर्ती भूईँमा फ्याँकेका थिए। धेरै आलोचना भएपछि उनले सार्वजनिक रुपमा माफी पनि मागेका थिए।

आज गुट्खा खाने कोइराला पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। उनी कांग्रेस संस्थापक बीपी कोइरालाका छोरासमेत हुन्।

प्रकाशित: ७ साउन २०८१ १५:२२ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast