संविधान संशोधन रहर नभई आवश्यकता हो : प्रधानमन्त्री ओली

हिमाल प्रेस ६ साउन २०८१ १८:१९ | Sunday, July 21, 2024
संविधान संशोधन रहर नभई आवश्यकता हो : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- विश्वासको मत लिने प्रस्तावको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन रहर नभई आवश्यकता भएको बताएका छन्। उनले जनताको चाहनाअनुसार संविधान संशोधन हुन सक्ने बताए।

‘संविधान संशोधनीय, गतिशील र जीवन्त दस्तावेज हो। यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ, हुन सक्छ। रहरको विषय होइन आवश्यकताको विषय हो,’ उनले भने।

यसअघि सर्वसम्मतिमा संविधान संशोधन भएको ओलीले बताए। त्यसबेला पनि केही सांसदहरूले असहमति राखेको ओलीले स्मरण गरे।

प्रकाशित: ६ साउन २०८१ १८:१९ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast