संविधानको मूलभूत प्रस्तावना बदल्ने प्रयास भइरहेको छ : प्रचण्ड

हिमाल प्रेस १२ साउन २०८१ १८:४४ | Saturday, July 27, 2024
संविधानको मूलभूत प्रस्तावना बदल्ने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर संविधान संशोधन गर्न खोजिएको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधनका नाममा जनताको अधिकार नखोस्न चेतावनी दिए।

उनले संविधान संशोधनमा आफूहरूको विरोध नभए पनि संविधान संशोधनका नाममा प्रतिगमनतर्फ लैजाने प्रवृत्तिको विरोध गरेको जिकिर गरे।

जनताको अधिकारमा अघात पुग्ने काम भए आफूहरू सडकमा जान पनि तयार रहेको उनले बताए।

अध्यक्ष प्रचण्डले नेपाली राजनीतिलाई दुई दलीय व्यवस्थातिर लैजान कांग्रेस–एमालेबीच गठबन्धन भएको आरोप लगाए।

उनले कांग्रेस–एमालेबीच बनेको गठबन्धनलाई अस्वाभाविक भने।

नेपालको समाजवादको आधारका लागि कम्युनिष्ट पार्टीबीच एकताका लागि निरन्तर प्रयास जारी रहेको उल्लेख गरे।

प्रकाशित: १२ साउन २०८१ १८:४४ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast