 
                             
                                            काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संक्रमणकालीन न्याय दलीय स्वार्थको आधारमा गर्न खोजिनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले केही दल मात्र मिलेर चलखेल नगर्न समेत सचेत गराएका छन्। गम्भीर प्रकृतिका मुद्दाहरूमा सजाय निर्धारण गर्दा ७५ प्रतिशत माफी मिनाह दिन खोजिएको भन्दै थापाले त्यो आपत्तिजनक हुने बताएका हुन्।
पार्टी निकट पूर्व प्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले तीन दलले गठबन्धन गरे भन्दैमा जे मा पनि उन्मुक्ति दिन नपाइने उनले बताए। थापाले पीडित सरोकारवालाको सहमति बिना ल्याइने कानुनले संक्रमणकालीन न्याय दिन नसक्ने समेत दाबी गरे।
थापाले बाल सेना शब्द हटाइएर सहमति गर्न खोजिएकोमा पनि तीव्र असन्तुष्टि पोखेका छन्। प्रहरी प्रशासनमा भैरहेको नांगो राजनीतिक हस्तक्षेपले नयाँ गठबन्धन निर्माणको अन्तर्य बुझ्न सकिने भन्दै थापाले अब जनताले शसक्त प्रतिवाद गर्ने समय आएको समेत बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 