श्रीलंकाविरुद्ध भारतको ‘क्लीन सीप’

हिमाल प्रेस १६ साउन २०८१ ६:४८ | Wednesday, July 31, 2024
श्रीलंकाविरुद्ध भारतको ‘क्लीन सीप’

काठमाडौँ- श्रीलंकासँग अन्तिम टी-२० खेलमा भारतले सुपर ओभरमा जित हात पारेको छ। निर्धारित खेलमा भारतले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेट गुमाएर भेट्टाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

तीन खेलको श्रृंखला यसअघि नै भारतले २–० ले जितिसकेको थियो। अन्तिम खेल पनि जितेर भारतले श्रृंखलामा क्लिन स्वीप गरेको छ। पहिलो खेलमा ४३ रनले पराजित घरेलु टोली दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो।

अब भोलिदेखि दुई देशबीचको तीन खेलको एकदिवसीय श्रृंखला सुरु हुँदैछ। दोस्रो खेल पर्सि आइतबार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ।

प्रकाशित: १६ साउन २०८१ ६:४८ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast