शिक्षाविद् कोइरालालाई लेबाल त्रिरत्न पुरस्कार

हिमाल प्रेस १५ साउन २०८१ ११:४३ | Tuesday, July 30, 2024
शिक्षाविद् कोइरालालाई लेबाल त्रिरत्न पुरस्कार

काठमाडाैँ-  नेपाली शिक्षा परिषद्ले लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाली शिक्षा परिषद् प्रबन्ध समितिको बैठकले कोइरालालाई उक्त पुरस्कार  प्रदान गर्ने निर्णय गरेको हो।

परिषद्को ७४ औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको ११२ औँ जयन्तीका अवसरमा साउन ३२ गते पुरस्कार प्रदान गरिने छ।

पुरस्कार राशि १ लाख १ हजार १०१ रुपैयाँ रहेको छ। यो पुरस्कार कविशिरोमणि लेखनाथ पौड्याल, प्रसिद्ध नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित गरिएको परिषद्काे भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast