शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन

हिमाल प्रेस ८ साउन २०८१ १३:२७ | Tuesday, July 23, 2024
शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन

पोखरा– शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को १०३ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार राति फेवा सिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।

प्युठानमा जन्मिएर बागलुङमा केही समय बिताएका किञ्जल्कको कर्मभूमि पोखरा हो। बुढ्यौलीका कारण बिरामी परेका उनलाई साउन १ गते अस्पताल भर्ना गरिएको थियो। उनका १ छोरा र ६ छोरीमध्ये तीन छोरी बितिसकेका छन्।

बनारसबाट संस्कृतमा आयुर्वेदिक पढेका उनी २०१५ सालमा पोखरा झरेका हुन्। उनी नेपाली र संस्कृत भाषामा सिद्धहस्त मानिन्थे। साहित्य क्षेत्रमा योगदानको कदर गर्दै गत वर्ष पुसमा कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्ती अवसरमा उनकै निवास पुगेर लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको थियो। उनी योसहित दर्जनौँ सम्मान र पुरस्कारबाट सम्मानित भइसकेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार किञ्जल्कले थुप्रै कृति लेखेकोमा ती प्रकाशित हुन पाएका छैनन्। उनी घरमै बसेर केही न केही लेखिरहने स्वभावका थिए। उनी खासगरी संस्कृतमै लेख्न रुचाउँथे।

प्रकाशित: ८ साउन २०८१ १३:२७ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast