शंकराचार्यमठमा गुरुपूजन समारोह आयोजना हुँदै

हिमाल प्रेस ४ साउन २०८१ १४:१० | Friday, July 19, 2024
शंकराचार्यमठमा गुरुपूजन समारोह आयोजना हुँदै

काठमाडौँ– घरघरमा गुरुकुल अभियानद्वारा सञ्चालित ‘त्रिशक्ति एकादशी संस्कृति समाज’ को आयोजनामा अष्टोत्तरशतश्रीविष्णुसहस्रनामस्तोत्रपाठ कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार यो १०८ मातृशक्तिद्वारा हुन लागेको पहिलो कार्यक्रम हो। कार्यक्रम शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन हुनेछ।

नारीशक्तिको सामूहिक प्रयासमा सञ्चालन हुन लागेको कार्यक्रमले नेपाली समाजमा आध्यात्मिक चेतना जगाउने र समस्त सनातनीमा सकारात्मक भावतरंगको सिर्जना गर्ने दाबी आयोजकको छ।

ब्रह्मलीन स्वामी डा. रामानन्द गिरिको सातौँ स्मृतिमहोत्सवका अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रममा महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरि, प्राध्यापक शिवगोपाल रिसाल, प्राध्यापक भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्धन समाजका अध्यक्ष पं कपिलदेव सुवेदीलगायतका विशिष्ट व्यक्तित्वहरूबाट विशेष उद्बोधनपरक प्रवचन हुनेछ।

कार्यक्रमअन्तर्गत शनिबार बिहानदेखि सामूहिक श्रीविष्णुसहस्रनाम पाठ हुनेछ। आइतबार बिहान ५ बजेदेखि ९ बजेसम्म रमणानन्द स्वामीको सान्निध्यमा विशेष गुरुपूजन गरी कार्यक्रम समापन गरिने जानकारी महेश छात्रपरिषद्का संस्थापक अध्यक्ष डा. उमेशप्रसाद घिमिरेले दिए।

प्रकाशित: ४ साउन २०८१ १४:१० | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast