विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयाेगकाे निर्देशन

हिमाल प्रेस ९ साउन २०८१ १७:०० | Wednesday, July 24, 2024
विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयाेगकाे निर्देशन

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन सरकारलाई निर्देशन दिएकाे छ।

निर्वाचन आयाेगकाे आयुक्तका लागि याैन हिंसाकाे आराेप लागेका कृष्णमान प्रधानका बारेमा संसदीय सुनुवाइ चलिरहँदा आयाेगले यस्ताे निर्देशन दिएकाे हाे।

विभिन्न सार्वजनिक निकायका उच्च पदहरूमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवम् सामाजिक र नैतिक रूपमा विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी प्राप्त भएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको आयाेगले जनाएकाे छ।

प्रकाशित: ९ साउन २०८१ १७:०० | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast