विमान दुर्घटना : १२ वटा शवको पोस्टमार्टम सकियो

हिमाल प्रेस १० साउन २०८१ १७:४० | Thursday, July 25, 2024
विमान दुर्घटना : १२ वटा शवको पोस्टमार्टम सकियो

काठमाडौँ- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शवको परीक्षण कार्य भोलिमात्र सकिने भएको छ। तर, डीएनए परीक्षण गर्नुपर्ने अवस्था आए दुई हप्तासम्म लाग्न सक्ने त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्ले बताए।

उनका अनुसार बिहीबार अपराह्नसम्म १२ शवको परीक्षण सकिएको छ। कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना छ।

‘शव पहिचान नभइकन दिन मिल्दैन। १२ वटा शवको परीक्षण सकिएको छ, अहिले तीन वटा शव परीक्षण भइरहेको छ। पहिचान नभएकाहरूको डीएनए गर्नुपर्‍यो भने नतिजा आउन दुई हप्ता लाग्छ। परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला। प्रक्रिया मिलेपछि पर्सिबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ,’ उनले भने।

उनले विज्ञहरू संवेदशीलपूर्वक काममा खटिएको र शव पहिचान भएर प्रक्रिया पूरा भएपछि सकेसम्म छिटो हस्तान्तरण गरिने बताए। रासस

प्रकाशित: १० साउन २०८१ १७:४० | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast