विमान दुर्घटना : पाँच जनाको शव आफन्तले बुझे

हिमाल प्रेस ११ साउन २०८१ १८:२८ | Friday, July 26, 2024
विमान दुर्घटना : पाँच जनाको शव आफन्तले बुझे

काठमाडौँ- बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन्। आज (शुक्रबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव बुझेको अस्पताल प्रशासनले जनाएको छ।

विमान दुर्घटनामा ज्यान गुमाउने उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को-पाइलट सुशान्त कटवालका परिवारले शव बुझेको जनाइएको छ। अन्य पहिचान भएका शव शनिबार बुझाउने तयारी छ ।

केही मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन्।

विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो। क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका छन्। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: ११ साउन २०८१ १८:२८ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast